नियम ४६
उम्मेदवारको मृत्यु भएमा
(१) प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदको निर्वाचन एकै मितिमा हुने गरी निर्वाचन मिति तोकिएको अवस्थामा प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचन तर्फकाे कुनै दलको उम्मेदवारको मृत्यु भई निर्वाचन कार्यक्रममा तोकिएको मितिमा मतदान नहुने भएमा प्रदेश सभाको सम्बन्धित निर्वाचन क्षेत्रभित्र पर्ने मतदान केन्द्रमा प्रतिनिधि सभा सदस्यको लागि हुने मतदानको कार्यक्रम समेत स्थगित गर्नु पर्नेछ । (२) उपनियम (१) बमोजिम मतदान कार्यक्रम स्थगित भएकोमा त्यस्ता मतदान केन्द्रमा प्रदेश सभा सदस्य निर्वाचनको लागि तोकिएको मतदानको दिनमा नै प्रतिनिधि सभा सदस्यको लागि समेत मतदान हुनेछ ।